भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव, भिआइपीद्वारा शुभकामना

कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव, भिआइपीद्वारा शुभकामना

काठमाडौं । कर्मचारी सञ्चय कोषको ६१ औँ वर्ष प्रवेशको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् ।

सम्पूर्ण सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताका कारण कोष सम्पूर्ण कर्मचारीहरूको लागि सहयोगीको रूपमा स्थापित भएको देउवाले बताए । हाल सञ्चय कोषमा पाँच लाख ५५ हजार योगदानकर्ता रहेका छन् भने २७ हजार ८ सय योगदानकर्ता कार्यालय रहेका छन् ।

निवृत्तिभरण कोष योगदानकर्तामा ४५ हजार ८ सय ५० र योगदानकर्ता कार्यालय १ हजार ९ सय ५० रहेका छन् । सञ्चयकर्ताकै कारण देशको अर्थतन्त्रमा सहयोग पुगेकोले नयाँ योजनाहरू साथ अझै प्रभावकारी सेवा दिँदै अघि बढ्न प्रधानमन्त्री देउवाले सूझाव दिएका छन् ।

कोषको कामको सन्तुष्टि प्रति सदैव समर्पित रहने सङ्कल्पसहित कोषका सेवा तथा सुविधालाई थप गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता कोषका निमित्त प्रशासक जितेन्द्र धितालले गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.