भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

अनलाइन ठग नयाँबानेश्वरबाट पक्राउ

अनलाइन ठग नयाँबानेश्वरबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

उक्त कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पेजको दुरुपयोग गरी आइफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य एक लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत विभिन्न व्यक्तिहरूको ई सेवा आइडी तथा बैङ्क खातामा रकम पठाउन लगाई

ठगी गरेको घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले चौधरीलाई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो । ठगी कसूरमा आवश्यक कारबाही एवं अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको र थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाउको छ ।

 


Thali Mobile Pvt.Ltd.