कांग्रेसका डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

कांग्रेसका डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार ८ दलको समर्थनमा चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

यसअघि बनेको एमाले नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३ र ३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १ र १ जनासहित ५३ जनाको समर्थन छ ।
माओवादीका ११ मध्ये एक सांसद सभामुख रहेका छन् ।

चौधरी दाङको निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित भएका हुन । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

 


Thali Mobile Pvt.Ltd.