भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

कांग्रेस महामन्त्री पदको मतगणना सुरु हुँदै

कांग्रेस महामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज सुरु गरिंदै छ । बिहानदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा , विश्वप्रकाश शर्मा र राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् ।

निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी भइरहेको कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

इतिहासमा पहिलोपटक भएको उपसभापति पदको निर्वाचनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापतिमा भने शेरबहादुर देउवा निर्वाचित भएका छन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी ९, थारु चार, मुस्लिम ३,

पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गता भएकाबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.