भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी

काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी

सिन्धुली । सुनकोसी नदीमा स्कारपियोसहित खसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियोसहित सिटिइभिटीका तीन कर्मचारी सुनकोसी नदीमा खसेका छन् ।

उनीहरूको उद्धारका लागि सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपत् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको सातजनाको गोताखोर टोली करिब १ः३० बजेतिरबाट खटिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको नौ जनाको टोली पनि खटिएको छ ।

उक्त दुर्घटनामा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको प्रहरीले बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.