भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी

काठमाडौंबाट गोताखोर गएर सिन्धुली दुर्घटनामा परेकाको खोजी कार्य जारी

सिन्धुली । सुनकोसी नदीमा स्कारपियोसहित खसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट स्कारपियोसहित सिटिइभिटीका तीन कर्मचारी सुनकोसी नदीमा खसेका छन् ।

उनीहरूको उद्धारका लागि सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपत् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको सातजनाको गोताखोर टोली करिब १ः३० बजेतिरबाट खटिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट डिएमसहित सशस्त्र प्रहरी निरीक्षक कमान्डको १३ जना, सशस्त्र प्रहरी बल नेपाल रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको नौ जनाको टोली पनि खटिएको छ ।

उक्त दुर्घटनामा सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको प्रहरीले बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.