काठमाडौं । उपत्यका भित्रका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू उपत्यकाबाहिर जाने गरेको पाइएको छ। उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट बाग्लुङका एक पुरुष पोखरास्थित चरक अस्पताल पुगे ।
शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले हेलिकप्टर गुहार्दै पोखरा जानुपरेको हो। अहिले काठमाडौंका निजी र सरकारी दुवै अस्पालमा आइसियु र बढी क्षमताको अक्सिजन अभाव भएको छ । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्त बताउँ छन्।
