भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

काठमाण्डौमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाण्डौमा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाण्डौं । आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

कार्यालयका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दा माथिका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ। यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप पाउने छन् ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ । भेरोसेलको पहिलो मात्रा लगाएका र यसअघिका छुटेका अरु पनि खोप दिइनेछ ।

काठमाण्डौका सबै पालिकामा१ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै, काठमाण्डौको राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.