कानून परिपालनामा भक्तपुर प्रहरी अग्रणी छ : एसपी थापा (भिडियाे)

कानून परिपालनामा भक्तपुर प्रहरी अग्रणी छ : एसपी थापा (भिडियाे) image

१६ असार २०७७ भक्तपुर । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी प्रहरी उपरीक्षक तारादेवी थापाले आफूले कानुन परिपालनका लागि कुनै कसर बाँकी नराख्ने बताएकी छन् । हालै मात्रै महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भई प्रहरी प्रमुख भएर आउनुभएकी थापाले मंगलबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताएकी हुन् ।

प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा आफूले कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएकी छन् । पत्रकार र प्रहरी सँगसँगै गएमा समाजमा रहेका अपराधलाई न्यूनिकरण गर्न, नागरिकमा शान्तिसुरक्षा कायम गर्न सकिने भन्दै थापाले नागरिक, प्रहरी र पत्रकारको नजिकबाट सहकार्य हुन जरुरी रहेको बताईन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि त्यसैको उदाहरण भएको बताईन् ।

दुवै पक्ष समन्वयकारी हिसाबले अघि बढ्नुपर्ने भन्दै प्रहरी उपरीक्षक थापाले परिचय नै सहकार्यको सुरुवात भएकाले नागरिकको सहयोग बिना प्रहरी एक्लै केही गर्न नसक्ने बताईन् । समाजमा अझैपनि विभिन्न खालका समस्या रहेकाले ती समस्याको निराकरणका लागि सबैले एकजुट हुनुपर्ने भन्दै उनले आगामी दिनमा प्रहरी र सञ्चारकर्र्मीबीच सम्बन्धलाई अझ मजबुत बनाउन जोड दिईन् ।

भिडियाे हेर्न तल थिच्नुहाेस्…

पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारले प्रहरीबाट प्राप्त हुने सूचनालाई सहज बनाउन आग्रह गरेका छन् । प्रहरी सूचनाको स्रोत भएकाले दिन मिल्ने सूचना प्रवाहमा तदारुकता देखाउन सञ्चारकर्मीले आग्रह गरेका हुन । यसैबीच, डिएसपी चक्रराज जोशीले गृहमन्त्रालयले जारी गरेको पास पुरा नगरी आएका सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको बताए । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गरी चेक जाँचलाई कडाई पारेको बताए ।

अहिलेको प्रक्रिया अनुसार स्थानीय तह, जिल्ला प्रशासन कार्यालयले दिएको पास र गृहले तोकेको मापदण्ड पुरा गरेको पासलाई मात्र उपत्यकामा छिर्न दिने र प्रक्रिया पुरा नगरेर आएकाहरुलाई उपत्यका प्रवेशमा रोक लगाएको जानकारी दिए । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले सूचना लुकाउने काम प्रहरीबाट नहोस भन्दै सवारी दुर्घटना, अपराध अनुसन्धान, हिंसाका घटनामा प्रहरी झन चलाख बन्नु पर्ने सूझाव दिए ।

उनले पत्रकार जहिले पनि नागरिकलाई सचेत गराउन प्रहरीसंग निरन्तर सहकार्यमै रहेको बताए । कार्यक्षेत्रमा भएका कमिकम्जोरीलाई समिक्षा गर्दै सुरक्षामा अमनचैन कायम गर्नु र प्रभावकारी सूचना सम्प्रेषणमा सहजता कायम गर्न आग्रह गरे । भक्तपुरमा ११ वटा क्वारेन्टाईन रहेको र त्यहाँ बस्ने मानिसको सुरक्षामा प्रहरी निरन्तर खटिएको छ ।

होल्डिङ्ग सेन्टरको व्यवस्थापन, संक्रमित एरियाको सिल कुरालाई गम्भिर भएर लागिपरेको प्रहरीको भनाई छ । साथै वर्षातको समय भएकाले भक्तपुर पनि डुवानको जोखिममा रहेकाले नागरिक सचेत रहन र परिआएको घटनामा प्रहरीलाई सघाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.