काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी रु ६० करोडको दुई प्रतिशत अर्थात् रु एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् रु १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
निष्कासन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मङ्सिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्सिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...