भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

काेराेनाकाे ‘नयाँ भाइरस धेरै खतरनाक’

काेराेनाकाे ‘नयाँ भाइरस धेरै खतरनाक’

लन्डन सिन्ह्वा । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पहिलेको तुलनामा धेरै खतरनाक भएको बताएका छन्।

बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएका बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन् । ‘यो भाइरस पहिलेको तुलनामा धेरै खतरा छ’, प्रधानमन्त्री जोनसनले डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यसैले सबै नागरिकले पहिलेभन्दा पनि अझ बढी सुरक्षा मापदण्ड अपनाउनुपर्ने हुन्छ।’ उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंग्ल्यान्डको केन्टमा देखिएको उल्लेख गरे ।

नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा संक्रमण फैलिने खालको रहेको उनको भनाइ थियो। पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरस संक्रमणबाट एकै दिन १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो ।

यहाँका स्वास्थ्य अधिकारीले गत बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरस संक्रमणबाट गएको जानकारी दिएका थिए। उनीहरूले बेलायतमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेका केही सातायता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन्। नयाँ स्वरूपको भाइरस ६० देशमा पुगेको समाचारमा जनाइएको छ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत साता मात्र १० वटा देशमा पुगेको हो । बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानोभन्दा खतरनाक भएको बताएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.