अझै हेल्चक्याइ गर्याैं भने नसाेचेकै भयावह अवस्था भोग्नु पर्ने निश्चित छ

अझै हेल्चक्याइ गर्याैं भने नसाेचेकै भयावह अवस्था भोग्नु पर्ने निश्चित छ image

भारत हास्दा नेपाल हास्नु पर्ने ?
भारत रुदा नेपाल रुनु पर्ने ?
भारतमा दिप बाल्दा नेपालले नि बाल्नु पर्ने ?
भारत डुबान पर्दा खेरी नेपाल डुबान पर्नु पर्ने ?

विश्व अहिले कोरोना भाइरस (COVID-19) महामारीबाट ग्रसित छ । यस भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । यसको मुख्य कारण हो नेपाल-भारतको खुल्ला सिमाना । यी सिमा नाकाबाट लुकीछिपी नेपाल आउने मानिसहरुले नै कोरोना भाइरसको बिपत्ति ल्याएका हुन ।

नेपालमा कोरोना भाइसरका जति पनि संक्रमित छन्, ती प्रायः जसो भारतबाट संक्रमित छन् । नेपालमा कोरोना भाइरस भारतबाट लुकीछिपी नेपाल आउनेहरुबाट सर्दैछ । त्यसैले किन नेपाल सरकार सिमा नाकामा कडाइ गर्दैन ? लुकेर भागेर आउनेलाई किन चेतावनी दिदैन ? उनीहरूले त कम्जाेरी गरे गरे यसमा सरकारले किन कम्जाेरी गरिरहेकाे छ ?

सरकारले भारत सरकारलाई भन्नै पर्छ । यदि कोही लुकेर नेपाल छिर्छ भने त्यो जो सुकै होस्, नेपाल सरकार कडा रुपमा प्रस्तुत हुनेछ भनेर भन्दै पर्छ । दिनदिनै भारतीय नाँकाबाट लुकिछिपी नेपाल आउने भारतीय नागरिक र नेपाली नागरिक दुबैका कारण नेपालमा कोरोना भाइरसको कालो बादल मडारिरहेको छ ।

सिमा नाकाबाट यसरी कोरोना भाइरस संक्रमित आएर नेपालका विभिन्न ठाउँहरुमा असुरक्षित रुपले बसोबास गरिरहेका, खुलम खुल्ला हिडिरहेका समाचारहरु पनि प्रकाशित भएका छन् । यी मानिसहरु खुल्ला रुपमा बाहिर हिड्डुल गरिरहेकाले संक्रमित नभएका व्यक्तिहरुलाई पनि सर्छ कि भन्ने डर र त्रास बढिरहेको छ । कोरोना भाइरसले नेपालमा पनि महामारीको उग्ररुप लगेमा के होला ? हुनत दिन दिनै कोरोना भाइरसका बिरामी बढदै छन । २१९  जना संक्रमित भैसकेकाे अवस्थामा हामी यसबाट बेलैमा सचेत हुन जरुरी छ ।

हाम्रो देशको स्वास्थ्य व्यवस्थापन पनि एकदमै उदेकलाग्दो छ । न हामीसंग उपचारको लागि चाहिने आवश्यक इक्वीपमेन्ट छ, न त तौरतरीका नै छन् । यसको लागि नेपाल सरकारले बेलैमा परिपञ्च मिलाउन जरुरी छ ।

झूठको खेती

नेपालमा कोरोना भाइरसको संक्रमण निकै कम थियो । संक्रमितको उपचार हुदै थियो । झूठको खेती गर्ने केही भारतीय संचार माध्यमले मुस्लिम समुदायका मानिसले नेपालबाट आएर भारतमा कोरोना संक्रमण सारेको र कोरोना विरामीलाई विभिन्न नेपालका नाकाबाट भारततर्फ पठाईरहको छ भन्दै भारतभर गलत प्रचार गरे ।

गलत अफवाह फैलाउदै सम्पुर्ण दोष नेपालको पर्सा जिल्ला जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिमियाँ मुखियालाई लगाए । भारतीय केही मिडियाले यसरी अफवाह फैलाउदा समेत हामी चुप लागेर बस्याैं । उनी मुस्लिम समुदाएका व्यक्ती थिए । उनी माथि गलत आरोप लगाएर भारतले अफवाह फैलायो ।

जुनकुरा तथ्य हिन थियो । जुनबेला नेपालमा ९–१० जनामा मात्रै कोरोना भाइरसको संकणमित भेटिएका थिए । नेपालबाट ५०–६० जना कोरोना संकणमितहरु भारत तिर पठाएको झूठ बोल्यो ? यो भन्दा हाँस्यास्पद कुरा अरु के हुन सक्छ ।

तथ्यहीन कुरा गरेर गलत कुराको बुई चढ्ने भारतीय मिडियाको यो खेद जनक प्रचारवाजीको जति निन्दा गरे पनि पुग्दैन । हुन त जालिमियाँ मुस्लिम समुदाय भएकै कारण मुस्लिम समुदायको नेपालमा बदनाम गर्ने नियत भारतको प्रष्ट थियो । यसको खोजी कसले गर्ने ? तर नेपाल सरकारले यस विषयमा कुनै प्रतिक्रिया जनाएन, मौन बसिदियो ।

यस झूठकाे पछाडिकाे रहस्य अहिले लिपुलेककाे राेडमा पाेखिएकाे छ । यता गलतकुराकाे कार्ड फ्याक्याे उता नेपाल सरकारलाइ सुइँकाे समेत नदिएर नेपाली भूमिमाथि नै राेड बनाएर उद्घाटन गर्याे । भारतले नेपालका विभिन्न ठाउँ गरेर ६०,६२७ हेक्टर जमिन मिच्दा त थाहा नपाउने हाम्रो सरकारले सार्वभौमिकत्ता माथि प्रहार गर्दा कसरी थाहा पाउँथ्यो त ?

हाम्रो देशको सरकारले कतै यो जालिमियाँ माथि लागेको आरोपको समाचार पनि थाहा नपाएको हो कि ? आफ्नो देशका जन–प्रतिनिधिप्रति लागेको आरोपको खण्डन नै नगर्नु यो भन्दा दुःखदायी के हुन सक्छ ?

उनका कमी कमजोरी होलान् । यसको अर्थ यो होइन की त्यसको त निस्पक्ष छानवीन हुनु हुन्न भन्ने, उनका कमी कमजोरीहरु के छन् ? त्यसको निष्पक्ष छानवीन गरे पछि पत्ता लाग्छ । यस विषयमा सरकार किन मौन रहयो ? जालिमिया माथि भारतीय मिडियाहरु कुर्लिनुले के संकेत गर्छ ? कोरोना भाइरस नेपालबाट नै सारेको जसरी आरोप भारतीय सञ्चार माध्यमले लगाउनु अपराध हैन ?

किन यसरी गलत अपवाह फैलाउछ भारत ? यसको प्रतिउत्तरमा खरो रुपमा प्रस्तुत हुनुपर्ने थियो तर त्यसो भएन । चुपचाप र मौनता मै सकियो लागेको आरोप पनि । यसरी कोरोनाको गलत झूठ प्रचारले भारतमा रहेका नेपालीले कुटाई र अपमान पनि सहनु परिरहेको छ । हामी सधै हेपिने र टुलुटुलु हेरिरहने केहि पहल नगर्ने किन ?

कोरोना भाइरसको महामारी
यो महामारीलाई घरभित्र बसि टुलुटुलु हेर्नू पर्ने स्थितिमा छ विश्व । विश्वका शक्तिशाली मुलुकले त हेरेरै चित्त बुझाईरहेको अहिलेको अवस्थामा हामी नेपालीले पनि अझै स्वास्थ्य क्षेत्रलाई हेलचक्र्याइ गर्याैं भने अहिले सम्म नभोगेको भयावह अवस्था भोग्नु पर्ने निश्चित छ । त्यसैले हामीले उच्च सर्तकता अपनाउनै पर्छ ।

भारतबाट नेपाल आउने नेपाली नागरिक हुन् या जो सुकै हुन् सिमामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्पर्कमा आएर व्यवस्थित तरवरले आफ्नो ठाउमा बनाएको क्वारेन्टाइनमा सुरक्षित तरिकाले बस्नै पर्छ । स्वास्थ्यकर्मीबाट स्वास्थ्यमा समस्या देखिए चेकजाँच गराई रहनु पर्छ । डब्लुएचओको नीति नियमलाई सबैले पालना गर्नै पर्छ ।

बिना कारण कोही पनि बाहिर नहिडौं, आफू पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित राख्न पहल गर्न सक्यौ भने केही हदसम्म सुरक्षित भैएला । नभए अमेरिका, इटली, स्पेनको अवस्था भोग्नु पर्ला । असावधानी बस नै भएर होला भारतबाट नेपाल प्रवेस गरेकै कारणले नेपालका उदयपुर, पर्सा, नेपालगञ्ज र नवलपरासी, काठमाडौ र भक्तपुरमा कोरोना भाइरसको जोखिम बढेको ।

नेपालमा जहाँ जहाँ भाइरसको संक्रमण देखियो ती सबै भारतसँग जोडिएका जिल्ला नै बढी देखिएका छन् । भारतबाट लुकिछिपी नेपालमा आउने र कोरोना फैलाउन भारत माहिर छ । आफ्नो हर्कत लुकाउन पहिले नै मुस्लीम समुदायलाई आरोप लगायो ।

भारतले यति सम्म गर्दा पनि अझै हामी लाचार भएर बसिदिने हो भने उसले जे पनि गर्न सक्छ । त्यसैले भारतको गल्तीलाइ सच्याउन भन्नै पर्छ । मानेन भने अन्तराष्ट्रिय अदालतमा जाने हिक्मत गर्नै पर्छ । डराउने किन ? जति धेरै भन्न डराउछौ त्यति हामी कमजोर हुन्छौं । हुनत आजसम्म भारतको अत्याचार त सहदै आएका छौ । सहन पनि हद भैइ सक्यो ।

नियमको पालना गरौं
जुन देशमा जस्तो नियम छ, त्यसैलाई अबलम्बन गरेर बस्नु सबैको कर्तव्य हो । तर भारतबाट आउने कोरोना भाइरस संकणमित व्याक्तिहरुले किन फरक पाटो अपनाए ? घर भित्र जानू छ भने सिधा ढोकाबाट छिर्नु पर्ने होला नि ? झ्यालबाट छिर्ने हैन होला ? यदि कोही झ्यालबाट अपरिचित छिर्छ भने कि त्याे अपराधी हाे, कि त्याे चाेर हो ?

सरुवारोगले न आफ्नो भन्छ न पराई ? न धनी भन्छ न गरिव ? हामी किन सावधानी नअपनाउने ? हाम्रो स्वास्थ्य जनतासंग जोडिएको छ । जब हामी स्वस्थ हुन्छौं तब हाम्रो देश पनि स्वस्थ बन्छ । त्यसैले हामी स्वस्थ भएनौ भने महामारीले खोजी खोजी धेरै ठूलो क्षति पु¥याउने छ । क्षेती हामीले थेग्नै नसक्ने गरी भोग्नु पर्नेछ ।

कोरोना भाइरस महामारीले आर्थिक, भौतिक, सबैक्षेत्रमा समस्या पारिदिएको छ । यातायात, व्यापार व्यवसाय अस्तब्यस्त छ । दैनिक जनजिवन कष्टकर छ । दैनिक ज्यालादारी गरेर खाने मजदुर, श्रमिक भोक भोकै बस्नु पर्ने अबस्थामा छन । स्वास्थ्य क्षेत्रको अवस्था हेर्ने हो भने झन कहाली लाग्दो अवस्थामा छ । यसको भुक्तभोगी स्वंम म आफै पनि छु । स्वास्थ्य संस्था खुल्ला छन् ।

ड्युटी गरिरहेकै छौ । तर सावधानी अपनाइने सुरक्षाका सामान ९एएभ्० परिपुर्ति हुन सकिरहेको छैन् ।
म स्वास्थ्यकर्मी हुँ, पिपिइ लागाउनु त परको कुरा हो । देख्न सम्म पाएको छैन । जेन तेन गरी पाएका सर्जिकल मास्कलाई सफागर्दै मास्क लगाएर स्वास्थ्य संस्था चलाएका छौं । त्रासकै विचमा सेवा दिईरहेका छौं ।

यस्तो परिस्थितिमा पनि न हाम्रो स्वास्थ्य व्यवस्थापन राम्रो छ, न हामीसंङ्ग अझै आवश्यक तयारी छ । अहिले विश्वमा धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्सहरुको कोरोना संक्रमणले ज्यान गुमाउनु परेको छ । शक्तिसम्पन्न देशको स्वास्थ्य राम्रो हुँदा हुँदैपनि कैयौंले ज्यान गुमाउनु परेको छ । त्यसबाट पाठ सिकेर नेपाल सरकारले ध्यान दिनै पर्छ । –मदन कुमार विश्वकर्मा HA भरतपुर चितवन

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.