भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

किन हुदैनन् एकीकृत केन्द्रीय अस्पताल सञ्चालन, कि घोषणामै सिमित हो ?

किन हुदैनन् एकीकृत केन्द्रीय अस्पताल सञ्चालन, कि घोषणामै सिमित हो ?

काठमाडौँ । सरकारले घोषणा गरेको एकीकृत केन्द्रीय अस्पताल बनाउन गरेको निर्णय अझै कार्यान्वयन भएको छैन् । वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लागि सरकारले एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय अझै कार्यान्वयनमा नआएको हो । गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय शैयाको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।

संक्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शैया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा आउन सकेको छैन । अहिले पनि सो भवन प्रयोगविहीन अवस्थामा छ ।

नयाँ भवनमा अक्सिजन प्लान्ट तथा ट्याङ्क जडानका लागि मन्त्रालयले वीर अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको र अक्सिजन प्लान्ट र ट्याङ्क जडान भएको भोलिपल्ट नै मन्त्रालयले तरल अक्सिजनको आपूर्ति गर्ने जनाइएको छ । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।

 


Thali Mobile Pvt.Ltd.