काठमाण्डौ । कोरोना भाइरसको भारतीय भेरियन्ट नभन्न भारतले निर्देन दिएको छ । भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको हो । कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाममा चिनिँदै आएको छ ।
अघिल्लो महिना भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी.१.६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

