काठमाडौं । आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । कुकुरलाई मीठा मीठा परिकार खुवाएर मनाउने चलन छ । आजको दिनलाई नरक चुतुर्दशी भनिन्छ ।
आजका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।
वर्षभरि धनसम्पत्ति, तथा घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु दिएर ‘कृतज्ञता’ ज्ञापन गरिन्छ । कुकुर यमराजको प्रियभक्त भएकाले यमदूतका रूपमा पुज्ने गरिन्छ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्यमा पनि काम गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ ।
कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिने कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । मान्छेको सबैभन्दा इमान्दार साथीका रुपमा कुकुरलाई लिने गरिन्छ ।
प्राणी शास्त्री र मानववैज्ञानिक जोन ब्रेड्स मान्छे र जनावरबीचको सम्बन्ध र आपसी व्यवहारको अध्ययन गर्ने गर्छन् । कुकर ब्वाँसाको वंशज पनि हो । तर उक्त वंशज हजारौं साल पहिले लोप भएको थियो । अमेरिका र युरोपमा अहिले पनि ब्वाँसो पाइने गर्छ ।
ऊ कुकुरको दोस्रो छिमेकी हो । यी ब्वाँसाको डीएनएमा कुकुरको डीएनएन ९९ प्रतिशत मेल खान्छ । कुकुरका कैयन् आकार र जात छन् । यति प्रजाति त अरु जंगली जनावर या पाल्तु जनावरका पनि छैनन् ।
तर, कुकुरको शारीरिक विविधताको पनि एउटा सीमा छ । सबैभन्दा छोटो आकारको चिवावादेखि लिएर ठूलो कुकुर ग्रेट डेनको शारीरिक संरचना उस्तै हुन्छ । कुकुरको कमालको सुँघ्ने क्षमता हुन्छ । जेकबसन या वोमेरोनेजल नामको अंगका कारण उसले सुँघ्न सक्छ ।
कुकुरले हरियो, पहेँलो, र नीलो रंग त पत्ता लगाउन सक्छ तर कुकुरले रातो रंग भने पहिचान गर्न सक्दैन । यो रंगलाई कुकुरले फरक देख्ने गर्छ । कुकुर मुस्कुराउँछ पनि । हामी जसरी मुस्कुराउँछौँ, त्यसरी नमुस्कुराए पनि मालिकसँग थोरै माया पाउनका लागि मुस्कुराउने गर्छ ।
कुकुरलाई गलत गरेँ भन्ने फिलिङ्स हुँदैन । विज्ञानका अनुसार कुकुरले उक्त समय शारीरिक हाउभाउका कारण प्रतिक्रिया दिन्छ तर उसलाई फिलिङ्स हुँदैन ।
खासमा एउटा भावना हुन्छ, जुन कुकुरले सम्झिन सक्दैन । कुकुरले सबैलाई माया गर्छन् । तर, वैज्ञानिकका अनुसार कुकुरको व्यवहार यसले कति माया गर्छ भन्नेसँग निर्भर हुन्छ ।
