काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ ।
अब सरकारी सेवा १४ कात्तिकबाट मात्र सुरु हुनेछ । आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार बिदा हुनेछ ।
त्यसको भोलिपल्ट अर्थात् ११ कात्तिकमा शनिबार रहेकाले सार्वजनिक छ । १३ कात्तिकमा छठ पर्वको बिदा छ ।
यस वर्षको भाइटीका १० कात्तिकमा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।
