भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

कृषि औजार कारखाना सञ्चालनको तयारीमा

कृषि औजार कारखाना सञ्चालनको तयारीमा

काठमाडौं । तीन दशक पार गरेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालन हुदैछ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनमा ल्याउने तयारी थालेको हो । आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर मेसिनको मर्मत गरिरहेको छ ।

कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको गर्दै असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता समेत गरिसकेको छ । सञ्चालनको सम्पूर्ण जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।

पहिलो चरणमा कुटो, कोदालो, कैची, बेल्चा, धान झार्ने मेसिन र अन्य साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने केन्द्रको भनाइ छ । दोस्रो चरणमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने केन्द्रको लक्ष्य छ ।

कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । १० बिगाहा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति गरिरहेको थियो ।

वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानको दूध बोक्ने टयाङ्की लगायतलाई पनि आवश्यक सामान यहीँ निर्माण हुन्थ्यो । तर ०४६ सालको राजनीतिक परिवर्तनसँगै कृषि औजार कारखाना धरासायी भयो । २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको थियो ।

२०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्यो पनि सफल हुन सकेन । ३० वर्षदेखि बन्द भएपनि बन्द कोठाभित्र भएको कारण ५० प्रतिशत औजारहरु तत्कालै प्रयोग गर्न मिल्ने खालको अविष्कार केन्द्रले जनाएको छ । आविष्कार केन्द्रले पुराना मेसिनहरुको मर्मत सम्भार गरेर तत्काल कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक पर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.