काठमाडौं । तीन दशक पार गरेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालन हुदैछ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनमा ल्याउने तयारी थालेको हो । आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर मेसिनको मर्मत गरिरहेको छ ।
कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको गर्दै असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता समेत गरिसकेको छ । सञ्चालनको सम्पूर्ण जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।
पहिलो चरणमा कुटो, कोदालो, कैची, बेल्चा, धान झार्ने मेसिन र अन्य साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने केन्द्रको भनाइ छ । दोस्रो चरणमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने केन्द्रको लक्ष्य छ ।
कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । १० बिगाहा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति गरिरहेको थियो ।
वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानको दूध बोक्ने टयाङ्की लगायतलाई पनि आवश्यक सामान यहीँ निर्माण हुन्थ्यो । तर ०४६ सालको राजनीतिक परिवर्तनसँगै कृषि औजार कारखाना धरासायी भयो । २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको थियो ।
२०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्यो पनि सफल हुन सकेन । ३० वर्षदेखि बन्द भएपनि बन्द कोठाभित्र भएको कारण ५० प्रतिशत औजारहरु तत्कालै प्रयोग गर्न मिल्ने खालको अविष्कार केन्द्रले जनाएको छ । आविष्कार केन्द्रले पुराना मेसिनहरुको मर्मत सम्भार गरेर तत्काल कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक पर्ने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...