भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

केपी कदमको खुलेरै विरोध गरौं: कांग्रेस

केपी कदमको खुलेरै विरोध गरौं: कांग्रेस

काठमाण्डौ । कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको समीक्षासहितका एजेण्डामा छलफल गरेर धारणा बनाउन मङ्गलबार देखि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको हो ।

गगन थापा, बलबहादुर केसी, आनन्द ढुङ्गाना र रामशरण महतले धारणा राखेका छन् । बैठकमा बोल्ने सदस्यले केपी कदमको खुलेरै विरोध गर्नुपर्ने र यो विषयमा नेपाली कांग्रेस भित्रबाट फरक मत आउन नहुनेमा जोड दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकको दोस्रो दिन बुधबारको बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटनको कदमको प्रतिरोध गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.