काठमाडौँ । सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् ।
विश्वकै दोस्रो अग्लो हिमाल केटु ८, ६११ मिटरको पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई आज मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । प्रधानसेनापति थापाले केटु हिमाल आरोहणको अभूतपूर्व सफलताबाट नेपाली जनता गौरवान्वित भएको उल्लेख गर्दै उक्त कार्यबाट नेपाली सेना हर्षित भएको समेत बताए ।
नेपालीले विदेशमा विभिन्न चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै त्यही अनुभवअनुसार आफ्नै देशमा काम गर्नसके देशले फड्को मार्ने तथा उन्नति प्रगति गर्न सम्भव हुने बताए ।
