भर्खरै : Sorry, your browser does not support inline SVG.
युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह | ध्रुवे हात्तीको भीषण आतंक: घरमै पसेर आमा–छोराको ज्यान लियो, प्रदर्शनपछि ४ बुँदे सहमति | बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन | देशभर वर्षाको असर: ७ मुख्य राजमार्ग पूर्ण बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन |

के हो पशुपतिनाथको जलहरी विवाद, कति रहेछ तौल ?

के हो पशुपतिनाथको जलहरी विवाद, कति रहेछ तौल ?

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा “आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो ।

स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने ३० करोड रुपियाँ नेपाल सरकारको तर्फबाट तत्काल उपलब्ध गराइने छ । आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु,” भनेर लेखेका थिए ।

त्यसको दुई दिनपछि माघ १४ गते कोषका अध्यक्षसमेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोष सञ्चालक परिषद् बैठकले सुनको जलहरी निर्माण गर्ने निर्णय गरेको थियो ।

कार्यकारी निर्देशक खतिवडाले सोही बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित ८० करोडमध्ये ३० करोड रुपियाँ सरकारले बेहोर्ने र बाँकी ५० करोड कोषले बेहोर्ने गरी निर्णय भएको बताए । कार्यकारी निर्देशक खतिवडाले राष्ट्र बैङ्कबाट दुई पटक गरी १०३ किलो ७९३.१०० ग्राम सुन खरिद गरिएको बताए ।

सुरक्षाको जिम्मा सरकारले नै खटाएको विमानस्थलस्थित कालीदल गणले लिएको र सेनाकै रोहवरमा पशुपति क्षेत्रको रुद्रगारेश्वरस्थित ज्यासलमा राखेर जलहरी बनाइएको थियो ।

जलहरी निर्माणका क्रममा तयार गरिएको मुचुल्का बमोजिम ९६ किलो ८ सय २२ ग्राम सुनको जलहरी बनाएर चाँदीको जलहरीमाथि राखिएको र बाँकी रहेको १० किलो ९ सय ७६ ग्राम सुनमध्ये जलहरीको माथिल्लो भागको सुरक्षाका लागि रिङ, पेटी तथा सुनका किला बनाइएको हो ।

बाँकी रहेका टुक्राटाक्री सुन सेफमा राखिएको र सोको पनि नापतौल भएको छ । पछिल्लो समय निकै चर्चा कमाएको पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर परीक्षण भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ ।

जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाकाअनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ ।

सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्राम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.