दाङ । दसैँका अवसरमा चौधरी समुदायमा एक महिनासम्म नाचिने सखिया नाच लोप गएको छ । नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृति हराउँदै जाने अवस्थामा पुगेको छ । दसैँको चहलपहल बढाउने सखिया नाचप्रति नयाँ पुस्ताको चासो हराउँदै गएपछि पुरानो पुस्ता चिन्तित बनेको छ ।
थारू समुदाय भएको बर्दिया, दाङ, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा सखिया नाच्ने चलन छ । यसमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन् । धार्मिक एवं संस्कृतिसँग जोडिएको सखिया नाचको आफ्नो छुट्टै मौलिक विशेषता रहेको पाइन्छ । यो नाच भागवत पुराणमा आधारित रहेर नाच्ने गरिन्छ ।
पहिले पहिले करिब एक महिनासम्म सखिया नाच नाच्ने गरिन्थ्यो भन्छन् थारू संस्कृतिकर्मी अशोक थारु । श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिस जम्मा भएर सखिया नाच्ने गरिए पनि पछिल्लो समय दसैँको समयमा नाच्ने गरिन्छ । संस्कृतिकर्मी अशोक थारु भन्छन्, ‘तर अहिले छोडिएको छ ।
दिनभरि खेतबारीमा काम गरेर बेलुकी सबै मतहुका घरमा जम्मा भएर सखिया नाच रमाइलोसँगै बस्ती नै उल्लासमय हुने गरी मनाइन्थ्यो । पछिल्लो समय केही थारू बस्तीमा नाच्ने गरिए पनि धेरै ठाउँमा नाच्न छोडिँदै गएको छ ।’
पहिले पहिले गाउँमा सखिया नाच नाच्ने गरिए पनि पछिल्लो समय हराउँदै गएको घोराहीका स्थानीय रामजनम चौधरी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...
काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...