भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

के हो सखिया नाच ? किन लोप हुदैछ थारू समुदायमा नाचिने मौलिक सखिया नाच

के हो सखिया नाच ? किन लोप हुदैछ थारू समुदायमा नाचिने मौलिक सखिया नाच

दाङ । दसैँका अवसरमा चौधरी समुदायमा एक महिनासम्म नाचिने सखिया नाच लोप गएको छ । नयाँ पुस्ता अग्रसर नहुँदा थारू समुदायको मौलिक लोक संस्कृति हराउँदै जाने अवस्थामा पुगेको छ । दसैँको चहलपहल बढाउने सखिया नाचप्रति नयाँ पुस्ताको चासो हराउँदै गएपछि पुरानो पुस्ता चिन्तित बनेको छ  ।

थारू समुदाय भएको बर्दिया, दाङ, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा सखिया नाच्ने चलन छ । यसमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन्  । धार्मिक एवं संस्कृतिसँग जोडिएको सखिया नाचको आफ्नो छुट्टै मौलिक विशेषता रहेको पाइन्छ  । यो नाच भागवत पुराणमा आधारित रहेर नाच्ने गरिन्छ ।

पहिले पहिले करिब एक महिनासम्म सखिया नाच नाच्ने गरिन्थ्यो भन्छन् थारू संस्कृतिकर्मी अशोक थारु । श्रीकृष्ण जन्माष्टमीदेखि नै गाउँभरिका मानिस जम्मा भएर सखिया नाच्ने गरिए पनि पछिल्लो समय दसैँको समयमा नाच्ने गरिन्छ  । संस्कृतिकर्मी अशोक थारु भन्छन्, ‘तर अहिले छोडिएको छ  ।

दिनभरि खेतबारीमा काम गरेर बेलुकी सबै मतहुका घरमा जम्मा भएर सखिया नाच रमाइलोसँगै बस्ती नै उल्लासमय हुने गरी मनाइन्थ्यो । पछिल्लो समय केही थारू बस्तीमा नाच्ने गरिए पनि धेरै ठाउँमा नाच्न छोडिँदै गएको छ ।’

पहिले पहिले गाउँमा सखिया नाच नाच्ने गरिए पनि पछिल्लो समय हराउँदै गएको घोराहीका स्थानीय रामजनम चौधरी बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.