७ बैशाख २०७७, कैलाली । कोरोना सङ्क्रमित एक युवक आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन । कोेभिड–१९ को सङ्क्रमणबाट मुक्त भएपछि सेती प्रादेशिक अस्पतालबाट बाहिरिँदै गर्दा उनले निको भएकोमा खुशी व्यक्त गरे।
हिम्मत नहारेमा कोरोनालाई हराउन सकिने र निको भएर घर फर्किन सकिने भएकोले हिम्मतका साथ कोरोनासँग लड्न सबैलाई आग्रह गरे । ११ दिनसम्म क्वरेण्टीनमा र त्यसपछि सेती प्रादेशिक अस्पतालमा १३ दिन आइसोलेशनमा बसरे उनी घर फर्कन पाउँदा खुशी देखिए ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गा जोशीले पुष्पगुच्छा प्रदान गर्दै बधाई दिएर बिदाइ गरेका थिए । १२ गते भारतबाट घर पुगेका उनलाई चैत २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।
अब सेतीमा चार जना सङ्क्रमणको उपचार भइरहेको छ । अन्य चार जना कोरोना सङ्क्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...