कोरोना संक्रमणपछि सञ्चारकर्मी आइसोलेसनमा

कोरोना संक्रमणपछि सञ्चारकर्मी आइसोलेसनमा image

अमेरिका । कोरोनाभाइरस कसलाई कतिबेला लाग्छ थाहा हुँदैन । करिब २० दिनअघि सञ्चारकर्मी सच्ची मैनालीले फेसबुकमा आफूलाई कोरोना लाग्यो भने सार्वजनिक गर्छु तपाईँहरु के गर्नुहुन्छ भन्ने प्रतिवद्धतासहतिको प्रश्न गर्दै एउटा पोष्ट सार्वजनिक गरेकी थिइन् ।

त्यो बीचमा दिनहुँजसो उनले कोरोनाभाइरसविरुद्ध एकप्रकारले जनचेतनाको युद्ध नै छेडेकी थिइन् । कोरोनाबाट बच्ने उपायका जानकारीहरु, चिकित्सक तथा कोरोना जित्नेहरुसँग गरिएका अन्तर्वार्ताहरु मैनालीका फेसबुक लाइभका दैनिकजसोका विषयवस्तु हुने गर्दथे ।

अमेरिकाबाट सञ्चालित इनेपलिज न्युजसाइटका लागि सच्चीको साथमा नामक फेसबुक लाइभ कार्यक्रम विगत केही वर्षयता सञ्चालन गर्दै आएकी छन् । उनको फेसबुक लाइभका दर्शकहरु अमेरिका मात्र होइन नेपाल र उनको फेसबुक नेटवर्कमा भएका प्रायः सबै देशका नेपालीहरु थिए । हजारौँको संख्यामा भएका भ्यूजलाई हेर्दा पनि त्यो अनुमान गर्न सकिन्छ । उनले पस्केका सामग्रीहरुमा कोरोनालाई जित्न रोकथामका प्रशस्त खुराकहरु थिए ।

ति भिडियोका कमेन्ट सेक्सनमा उनीप्रति गरिएका कृतज्ञता र धन्यवादका शब्दहरु छन् । ल्यो.., त्यसपछिका साढे तीनघण्टा मलाई जुन पीडा भयो त्यो शब्दमा व्यक्त गर्नै सक्दिनँ । त्यति भयानक पीडा त्यो पनि अचानकै । एकैछिनमा शरीर दुख्न थाल्यो । म पूरै साढे ३ घण्टा कापेको काप्यै भएँ ।

भमिट होला जस्तो भयो । छाति अलिकति दुख्यो र केही मिनेट सास फेर्न पनि अलिकति गाह्रो भयो ।’ उनको उक्त पोष्टअनुसार यी लक्षण देखिएको ५ दिनअगाडि उनी कस्टकोमा सपिङ् गर्न गएकी थिइन् । लक्षणहरु देखिएलगत्तै कस्टकोको म्यानेजर र आफना् चिकित्सकलाई फोन गरेको जनाएकी छन् । उनले पोष्टमा उल्लेख गरेकी छन्, “डाक्टरले अहिलेको लागि आइसोलेसनमा बस्न र श्वास फेर्न गाह्रो भए मात्र इमर्जेन्सीमा जान सल्लाह दिइन् ।”

उक्त लामो पोष्टको एउटा प्रसंगमा उनले भनेकी छन्, “आफूलाई कोरोना लागे सार्वजनिक गर्छु भन्ने सच्ची त झुठी पो रहिछन् भनेर कसैले आरोप लगाउन नसकोस् ! त्यो दिनको पोष्टको अन्तमा मैनालीले नोट भनेर लेखेकी छन्, कोरोना तपाईंलाई नलागेसम्म यो तपाईंको लागि मात्रै डेटा हो । लागिसकेपछि योसँग लड्नुको विकल्प छैन । यसलाई मजाक नसम्झिनुहोस् ! आफू पनि सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित राख्न मद्दत गर्नुहोस् ।’

अनि फेरि बुधबार साँझ अर्को पोष्ट आयो सच्चीको अवस्थाको अपडेटबारे । जसमा उनका चिकित्सकले पनि कोभिड १९ कै शंका गरेको र हरेक ८ घण्टामा १ हजार एमजीको टाइलेनोल र टामी फ्लू खान र रेष्ट गर्न भनिएको उल्लेख छ । उक्त जानकारीअनुसार मैनाली अहिले आाफनो घरमा नै आइसोलेशनमा छन् । कोभिड १९ को शंका गरिए पनि उनको लागि यतिखेर कुनै टेष्ट उपलब्ध नभएको जानकारी उनका चिकित्सकले मैनालीलाई दिएका छन् ।

कोरोनाको टेष्ट गर्न नपाउने कारणमा मैनालीले स्पष्ट पारेकी छन्, म पूर्णरुपमा स्वस्थ व्यक्ति भएको र मलाई डायबेटिज, मुटुको रोगलगायतका कुनै अरु रोग नभएको, म स्वास्थकर्मी नभएको र म कोरोना संक्रमित बिरामीको सम्पर्कमा सीधै नआएको हुँदा मैले कोरोना टेष्ट किट अभावका कारण टेष्ट गर्ने क्राइटेरिया मिट गर्दिनँ । ”

आफ्नो अहिलेको लक्षणका बारेमा मैनालीले सुत्न गाह्रो हुने, अलिअलि श्वास फेर्न गाह्रो हुने, बेलाबेलामा अलिकति छाति दुख्नेबाहेक एकदुई पटक खोकी थपिएको उल्लेख गरेकी छन् । अहिले कोरोना संक्रमण भएका नेपाली बस्तीहरुमा एकले अर्कालाई जानकारी नदिने परिपाटीले कोरोनाभाइरसको प्रसारमा व्यापकता आएको देखिन्छ ।

सच्चीले २० दिनअघि फेसबुकमा यस्तो लेखेकी थिइन्, “सोच्नुहोस्, तपाईंको सम्पर्कमा आएकाहरुलाई आफूलाई कोरोना लागेको नभनिदिँदा तपाईं बाँचेर उनीहरु मरे भने तपाईंलाई जीवनभर कस्तो महसुस होला ? के सुखले बाँच्न सकिएला ? म मा मानवता छ र मलाई कोरोना लागे म सार्वजनिक गर्छु तपाईँ के गर्नुहुन्छ ?” मैनालीले करिब डेढ महिनाअघि अर्थात् मार्च ४ मा कोरोनाबारेको जनचेतनामूलक अन्तर्वार्ता टेक्सासका नेपाली चिकित्सक प्रकाश श्रेष्ठसँग लिएर शुरुवात गरेकी थिइन् । करिब डेढ दशकअघि अमेरिका जानुअघि सच्ची मैनाली प्रोपब्लिकको असल शासनमा कार्यरत थिइन् । उनी स्वर्गीय हास्यकलाकार गोपालराज मैनालीकी छोरी तथा नायिका सज्जा मैनालीकी दिदी हुन् । १२खरी

तस्बिरः सच्ची मैनालीको फेसबुकबाट

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda