काठमाडौं । थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
थप १० हजार ८१ जनाको पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ रहेको छ । आज थप १६६६ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।
कोरोनाका कारण आज थप २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
