भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीले लिए शपथ

कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा तीन मन्त्रीले शपथग्रशण गरेका छन् । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्रीलाई शपथ खुवाएका हुन । कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेपनि प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरिरहेको छ ।

आइतबार मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीमा सपथ लिएका हुन ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यको मन्त्रालय भने टुंगिएको छैन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन।

 


Thali Mobile Pvt.Ltd.