भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

को हुन् असरफ घानी ? किन छाडे अफगानिस्तान ?

को हुन् असरफ घानी ? किन छाडे अफगानिस्तान ?

काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेर भागेका छन् । उनीसंगै उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् ।

कसैले घानी ताजकिस्तान गएको भनिरहेका छन् भने अलजजिरा च्यानलले राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको बताएको छ । तर उनी कहाँ गए भन्ने अहिले सम्म पत्ता लागेको छैन ।

यद्यपी अलजजिराले राष्ट्रपतिको व्यक्तिगत बडिगार्डलाई उद्धृत गर्दै ताशकन्द गएको जनाएको हो । सरकारले यसको पुष्टि गरेको छैन । फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई राष्ट्रपति घानीले देश छाड्ने निर्णय कठिन भनेका छन् ।

देशमा रक्तपात रोक्न कठिन निर्णय लिन बाध्य भएको बताएका छन् । तालिबानले काबुलमा आक्रमण गर्ने निश्चित भएपछि झडप गर्दा लाखौं जनताको जीवन खतरामा पर्ने भएकाले बरु देश छाड्न नै उचिन होला भनेर यो निर्णय लिन बाध्य भएको राष्ट्रिपति घानीले सामाजिक संजालमा लेखेका छन् ।

सामाजिक संजालः
‘आज मलाई एक कठिन निर्णय लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ।’

यदि यस क्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्छ भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो ।’तालिबानले तलबार र बन्दुकको बलमा जित हासिल गरेका छन् र अब देशका जनता, सम्पत्ती र सुरक्षाको जिम्मेवारी तालिबानमाथि छ ।

यदि उनीहरुले मन जित्न सकेनन् भने इतिहासमा कहिल्यै कसैलाई यो अधिकार केबल बलपूर्वक पाएको छ र यो कहिल्यै पाउने छैन । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्नेछ । उनीहरुले अफगानिस्तान वा अन्य क्षेत्र र सन्जालको नाम तथा प्रतिष्ठा बचाउनु पर्ने छ ।

को हुन् असरफ घानी ? जसले देश छाड्न बाध्य भए
असरफ घानी अफगानिस्तानका दुई पटक राष्ट्रपति बनेका मानिस हुन् । पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए । एक पूर्वप्राविधिक शास्त्री पनि हुन् । देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो ।

आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका हुन उनले । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए । जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

देशको बहुसंख्यक पुश्तन समुदायका घानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए । उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । पछिल्लो समय अमेरिकी कठपुतली सरकारको एक इमान्दार सदस्य भएको भनेर अफ्गानी जनताले आरोप लगाईरहेका थिए ।

तालिबानले पनि उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीकै रुपमा प्रचार गरिरह्यो । अन्तमा त्यही कुराले गर्दा तालिबानीहरुले जनताको मन जितेर सत्ता कव्जा गर्न सफल भयो भन्ने विश्वास सर्वत्र गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.