भर्खरै : Sorry, your browser does not support inline SVG.

क्रिमियालाई रुससँग जोड्ने पुलमा युक्रेनी सेनाले गरायो बिस्फोट

क्रिमियालाई रुससँग जोड्ने पुलमा युक्रेनी सेनाले गरायो बिस्फोट

काठमाडौं । क्रिमियालाई रुससँग जोड्ने पुलमा युक्रेनले बिस्फोट गराएको छ । बिस्फोटका कारण उक्त पुलमा क्षति पुग्दा आवतजावत बन्द भएको छ । उक्त पुल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण भएको र सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति गर्नका लागि रुसको प्रमुख मार्गको रुपमा प्रयोग गर्दै आइएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलमा भएको बिस्फोटलाई ‘सुरुवात’ मात्र भन्दै अवैध रूपमा निर्माण गरिएका सबै संरचना भत्काइने बताएका छन् । सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको उक्त क्षेत्रलाई जोड्ने पुल रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । बिस्फोट लगत्तै पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.