भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

क्‍वारेनटाइनमै आमाको किरिया बसेका वासुदेव प्रति गृहको ध्यानाकृष्ट

क्‍वारेनटाइनमै आमाको किरिया बसेका वासुदेव प्रति गृहको ध्यानाकृष्ट

धार्चुला । क्‍वारेनटाइनमै आमाको किरिया बसेका वासुदेवलाई नेपाल ल्याउन गृहको ध्यानाकर्षण भएको छ । दार्चुलास्थित घरमा आमा बितेपछि भारतको धार्चुला क्‍वारेनटाइनमा किरिया बसेका वासुदेव भट्टलाई नेपाल ल्याउन गृह मन्त्रालयले पहल थालेको छ । उपयुक्त व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आवश्यक गृहले निर्देशन दिइएको जनाएको छ ।

लकडाउनका कारण भारतमै अलपत्र परेका शैल्यशिखर नगरपालिका १ का वासुदेवकी आमाको मंगलबार मृत्यु भएको थियो । लकडाउनका कारण आउन नपाएपछि उनी धार्चुलाको क्वारेन्टाइनमै बसेका छन् । सञ्चारमाध्यममा उनको तस्बिरसहितको समाचार वाहिरिएपछि सरकारी अधिकारीको ध्यानाकर्षण भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रक्रिया अगाडि बढाएको गृह प्रवक्ता केदारनाथ शर्माले बताएका छन् । उनले भने, “हामी सम्पूर्ण रूपमा तयार भएर बसेका छौं । तर भारततर्फको कुरा भएकाले दिल्लीबाटै अनुमति पाउनुपर्ने र भारतले अनुमति दिनेबित्तिकै हामी उहाँलाई घरमा पु¥याउँछौं ।”
लकडाउनका कारण कैयौं मानिस पैदल हिडेर घर सम्म पुगेका छन् । सरकारले लकडाउनलाई अझै कडाइका साथ अगाडि बढाएको छ ।kiriya

 


Thali Mobile Pvt.Ltd.