भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

खडेरीका कारण धानको ब्याडमा समस्या, बेलाबेला पानी राख्न विज्ञको सुझाव

खडेरीका कारण धानको ब्याडमा समस्या, बेलाबेला पानी राख्न विज्ञको सुझाव

काठमाण्डौ । धानको ब्याडमा धाँजा फाट्न थालेपछि किसान निराश भएका छन् । गर्मी बढेको र पानी पर्न नसकेका कारण किसानलाई ब्याड कसरी जोगाउने भनेर चिन्ता थपिएको छ । सामान्यतया जेठ अन्तिमतिर नेपालमा मनसुनी गतिविधि भित्रिनु पर्ने हो । तर यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिन सक्ने अनुमान छ ।

पानी नपरेको क्षेत्र मुख्य गरी तराईमा धानको ब्याड राख्न समस्या भएको छ । राखेको ब्याडमा पनि धाँजा फाट्न थालेको छ । ब्याड चिराचिरा पर्ने र यसले बिरुवा सुक्ने समस्या छ । अहिले धानको ब्याडमा खडेरीले समस्या पारेको र स्रोत भएसम्म पानीको व्यवस्थापन गरी बेलाबेला सिँचाइ गर्न नेपाल कृषि अनुसन्धान परिषद् नार्क अन्तर्गत बाली विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक भिमसेन चौलागाईँको सुझाव छ । अहिलेलाई जसरी हुन्छ ब्याड जोगाउनेतर्फ ध्यान दिन पनि उहाँको आग्रह छ ।

सधै मौसम र मल बीउ अनुकूल नहुने हुँदा धानको उत्पादन बढाउन त्यसैअनुसारको बीउ छनोट र ब्याड व्यवस्थापन गरी रोपाइँको काम थाल्न पनि बाली वैज्ञानिक चौलागाईँको सुझाव छ । सिँचाइ नपुगेका ठाउँमा अझै पनि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । सिँचाइ, मलखाद, बीउबीजन, यान्त्रिकरण तथा कृषि कामदार अभावजस्ता समस्या किसानले भोग्दै आएका छन् । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ ।

पानी पर्याप्त भएका ठाउँमा फाट्टफुट्टबाहेक यसवर्ष अझै रोपाइँ सुरु हुन सकेको छैन ।मौसम पूर्वानुमान अनुसार पानी कम परेमा मुख्य असर धानबालीमा पर्ने देखिन्छ । यसले खाद्य उत्पादन तथा चक्रमा नै असर पर्ने देखिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र नभइ समग्र अर्थतन्त्रमा असर पुग्ने कृषि विज्ञ बताउँछन् ।

सरकारले राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवका लागि तयारी सुरु गरेको छ । आउँदो असार १५ गते ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले २०६१ देखि मनाउँदै आएको धान दिवस तथा रोपाइँ महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिने निर्णय गरेको छ । धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस महत्त्वपूर्ण रहेको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न आवश्यक रहेको र त्यसका लागि किसानले पनि जलवायु अनुकूलित प्रविधिको प्रयोगतर्फ जोड दिनुपर्ने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । धानको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत महत्त्व रहेको छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले किसानलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो । यो अघिल्लो वर्ष २०७८र७९ को तुलनामा ६ दशमलव ९४ प्रतिशतले धेरै हो ।

पोहोर परारको तुलनामा धान उत्पादन केही बढे पनि तीन वर्षअघिको तहमा पुग्न सकेको छैन । नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७र७८ मा भएको थियो । त्यस वर्ष रासायनिक मलको व्यवस्थापन तथा मौसमले पनि साथ दिएका कारण ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो ।

 


Thali Mobile Pvt.Ltd.