भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

आधा शताब्दी यताकै बंगलादेशमा गर्मी

आधा शताब्दी यताकै बंगलादेशमा गर्मी

काठमाडौं । आधा शताब्दी यताकै बंगलादेशमा लामो गर्मी भएको छ । तापक्रम बढ्ने र तातो हावासहितको गर्मी चढ्ने क्रम राजधानी ढाकालगायत बंगलादेशभर जारी छ । गर्मीका कारण जनजीवन चौपट भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढे पनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन ।
कोइलाबाट संचालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको उल्लेख छ । देशभरका विद्यालयहरु बन्द गरिएका छन् ।

राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.