भर्खरै : Sorry, your browser does not support inline SVG.

खानीखोलाले उचाल्यो कुशादेवीमा सञ्चालित पालिका स्तरीय भविबलको उपाधि (भिडियो सहित)

खानीखोलाले उचाल्यो कुशादेवीमा सञ्चालित पालिका स्तरीय भविबलको उपाधि (भिडियो सहित)

काभ्रे । कार्तिक २ गतेदेखि कार्तिक ५ गतेसम्म पनौती नगरपालिका वडा नं २ कुशादेवीमा सञ्चालन भएको भलिबल प्रतियोगिताको उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ । पनौती नगरपालिका वडा नं २ ले आयोजना गरेको पालिका स्तरीय प्रतियोगितामा महाभारत गाउँपालिकालाई हराउँदै खानीखोला गाउँपालिकाले शनिबार उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल खेलमा बेस्ट अफ ३ सेटमा २६–२४, २५–११ र २५–१४ को सोझो सेटमा महाभारत गाउँपालिकालाई खानीखोलाले पराजित गरेको हो । प्रतियोगितामा महाभारत दोस्रो र बेथानचोक गाउँपालिकाको टिम तेस्रो भएको आयोजनक पनौती नगरपालिका वडा नं २ ले जनाएको छ ।

प्रतियोगितामा प्रथम भएको खानीखोला गाउँपालिकाको टिमले ट्रफी, मेडल र नगद ५५ हजार ५५५ हात पार्न सफल भयो भने दोस्रो हुने महाभारत गाउँपालिकाको टिमले ३० हजार नगद र तेस्रो हुने बेथानचोक गाउँपालिकाको टिमले १० हजार नगद, प्रमाण पत्र र मेडल प्राप्त गरेको छ ।

खेलमा प्रथम भएपछि खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङले आफ्नो गाउँपालिकालाई चिनाउन सफल भएकोमा खेलाडिहरुलाई धन्यवाद समेत दिए । उनले भने “हामी भलिबलको विकासको निम्ति कुनै कसुर बाँकी राख्दैनौं ” ।
आफ्नो गाउँपालिका प्रथम भएपछि आफूलाई निकै खुःशी लागेको र खानीखोलाको गौरवलाई बढाएको महशुस गरेको उनले प्रतिक्रिया दिए ।

पनौती नगरपालिका वडा नं २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले प्रतियोगिताले आफूहरुलाई धेरै कुरा सिकाएको बताउँदै आगामी दिनमा भलिबल प्रतियोगिता सञ्चालन गर्न सहज हने बताए । उनले भलिबल प्रतियोगिता सभ्य र भव्य रुपमा सञ्चालन भएकोमा सबैलाई धन्यवाद दिए ।

पर्यटन व्यवसायी, भक्तपुरको रानीकोटमा सञ्चालिन भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता राम सुन्दर बकेले खेल स्वास्थ्य र राष्ट्रका लागि मात्र नभई पर्यटनका लागि पनि खेल हुनुपर्ने बताए । उनले नेपाल पर्यटनका लागि उपयुक्त भएकाले पनि खेल पर्यटनसंग जोडिए आर्थिक उन्नयका गतिविधि बढने बताए ।

पर्यटन व्यवसायी तथा डाइमण्ड हिल सिसोर्टका सञ्चालक राजन थापाले खेलले व्यक्तिगत मात्रै नभई राष्ट्रिय पहिचान बनाउने भएकाले खेलकुदमा ध्यान दिनुपर्ने बताए । उनले खेललाई पर्यटन संग पनि जोड्न पाए उपयुक्त हुने प्रतिक्रिया दिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडिहरुलाई सम्मान तथा मायाको चिनो समेत प्रदान गरिएको थियो । भिडियो सहित…….

 


Thali Mobile Pvt.Ltd.