भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

खेलाडीहरु देशको सार्वभौमिकता रक्षाको लागि बोल्न र लड्न तयार हुने योद्धाको रुपमा विकास भएको हेर्न चाहन्छौं : अध्यक्ष बिजुक्छे

खेलाडीहरु देशको सार्वभौमिकता रक्षाको लागि बोल्न र लड्न तयार हुने योद्धाको रुपमा विकास भएको हेर्न चाहन्छौं : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले खेलकुद स्वास्थ्य र मित्रताको लागि खेल्नुपर्ने बताएका छन् । २०४६ सालको जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाले अन्तर नगर पुरुष खो खो प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नारायणमान बिजुक्छेले उक्त कुरा बताएका हुन । उनले खेलाडीहरुले प्रतिस्पर्धाको भावनाले प्रतियोगितामा भाग लिने हुँदा खेलाडीहरु स्वस्थ र स्फूर्त रहनुपर्ने बताए । खेलमा हार जित स्वाभाविक हुने हुँदा अनुशासित ढंगले खेल्न खेलाडीहरुलाई प्रेरित गर्दै एकआपसमा सहयोगी र मित्रवत ढंगले प्रतियोगितामा भाग लिन उनले उत्साह प्रदान गरेका थिए ।

अध्यक्ष बिजुक्छेँले खो खो खेल प्रवद्र्धनमा भक्तपुर नपाले आयोजना गरेको अन्तर नगर खोखो प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने बताउँदै खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने सुनौलो अवसर भएको बताए । ‘खेलाडीहरु खेलमा मात्रै सीमित नरही देशको समसामयिक राजनीतिबारे ध्यान दिने, देशको सार्वभौमिकता रक्षाको लागि बोल्ने र आवश्यक परे लड्न पनि तयार हुने एक योद्धाको रुपमा विकास भएको हेर्न चाहन्छौं ।’ उनले भने । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रजातन्त्र पुनःस्थापनाको लागि आफ्नो ज्यानको आहुति दिएका महान् शहिदहरुको बलिदानको स्मरणस्वरुप भक्तपुर नपाले प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए ।

भक्तपुर नपाले आयोजना गरेको खो खो खेल प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खो खो खेलाडी उत्पादनमा टेवा पुग्ने बताउँदै उनले युवाहरुले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने देशक्तिपूर्ण भावनाको विकासको लागि यस प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खो खो प्रतियोगिता २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सहादत प्राप्त शहिदहरुमा समर्पित रहेको बताउँदै देशमा प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष बितिसक्दा पनि नेपाली जनताले प्रजातन्त्रको उपलब्धी खासै अनुभूति गर्न नसकेको बताए ।

खेलकुद क्षेत्रमा भएको पक्षपात, भेदभावको अन्त्य हुनु जरुरी रहेको बताउँदै सांसद गोसाईंले ओझेलमा परेको खो खो खेलको प्रतियोगिताले यस खेललाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर पुरुष खो खो प्रतियोगितामा १३ वटा नगरपालिका सहभागी रहेको र १४ वटा टीमबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गर्नुका साथै खेलमा सहभागी नगरपालिकाहरूलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था गरेको बताए ।

भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजाल र नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले भक्तपुर नपाद्वारा आयोजित खो खो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यो खेलको प्रवद्र्धन हुने बताए । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवादज्ञापन गरेका थिए भने भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । र्‍यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.