भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

खेलाडी सन्दीप लामिछाने विरुद्ध मुद्दाको अन्तिम सुनुवाई आज

खेलाडी सन्दीप लामिछाने विरुद्ध मुद्दाको अन्तिम सुनुवाई आज

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी तोकेको छ । लामिछाने विरुद्धको अन्तिम सुनुवाई आइतबार हुँन लागेको हो ।

बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सुरुवातमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो तर, विदेश जान भने रोक लगाएको थियो ।

अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । उक्त मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आइतबार नै सुनुवाइ हुने सम्भावना छ । यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा सुनुवाइ सुरु हुन लाग्दा समय अभाव हुने भन्दै जाहेरीपक्षका कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए ।

सर्वोच्चले उनलाई विदेश जान अनुमति दिएको थियो । मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ । निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन ।सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.