भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सरकारी वेवास्ताका कारण बनेन पुल

सरकारी वेवास्ताका कारण बनेन पुल

गाईघाट । चौदण्डीगढी नगरपालिका–५, सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन।
भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि पुल निर्माण हुन सकेको छैन् ।

स्थानीय सर्वसाधारणले नगरपालिकाको सदरमुकाम बेल्टार जान वर्षौंदेखि त्रियुगा नदी वारिपारि गर्ने क्रममा अनेकौँ कष्ट र सास्ती खेपिरहेको अवस्थामा निर्माण सम्पन्न हुनैलाग्दा भत्किएको पुल दुई वर्ष बितिसक्दा पनि हालसम्म पुनर्निर्माणको कुनै सुरसार छैन।

पुल क्षतिग्रस्त भएको यति धेरै समय बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्नु मन्त्रालय र विभागकै बेवास्ता भएको स्थानीयले बताए । नेपाल सरकारको करिब ११ करोड २७ लाख रुपियाँ लागत रहेको १२ स्पान ३०७ मिटर लम्बाइको उक्त पुलमा साढे पाँच मिटर इन्टर मिडियट ९सवारी सञ्चालन हुने भाग० रहेको छ।

सुरुमा नौ करोड ७६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको तर मूल्य समायोजनका कारण लागत रकम बढ्दै जाँदा ११ करोड २७ लाख रुपियाँ पुगे पनि पुलको हबीगत भने जस्ताको तस्तै छ। नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्हा जोड्ने गरी १३ वर्षअघि अर्थात् २०६६ सालमा निर्माण सुरु भएको सो मोटरेबल पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिल्लर भासिएर क्षतिग्रस्त भएको थियो।

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.