भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खैराबाङ मन्दिर दर्शन गर्न गएको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

खैराबाङ मन्दिर दर्शन गर्न गएको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ ।

१७ जना घाइते भएक छन् । सल्यानको कुमाख गा.पा.७ जिमाली डुमकोटबाट शारदा न.पा.११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्न जाँदै गरेको रा १ ज ७९८ नं. को जिप उकालोमा दुर्घटना भएको हो।

ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल जिप खसेको हो । दुर्घटनामा कुमाख ७ डुमकोट बस्ने ३९ वर्षीय मान ब.पुन र सोही ठाउँ निवासी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

अन्य १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.