भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

खैराबाङ मन्दिर दर्शन गर्न गएको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

खैराबाङ मन्दिर दर्शन गर्न गएको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ ।

१७ जना घाइते भएक छन् । सल्यानको कुमाख गा.पा.७ जिमाली डुमकोटबाट शारदा न.पा.११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्न जाँदै गरेको रा १ ज ७९८ नं. को जिप उकालोमा दुर्घटना भएको हो।

ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल जिप खसेको हो । दुर्घटनामा कुमाख ७ डुमकोट बस्ने ३९ वर्षीय मान ब.पुन र सोही ठाउँ निवासी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

अन्य १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.