भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

खोल्सामा सुमो खस्दा सुमोमा सवार १३ जना घाइते

खोल्सामा  सुमो खस्दा सुमोमा सवार १३ जना घाइते

काठमाडौं । टाटा सुमो दुर्घटना हुँदा मकवानपुरको इन्द्रसरोबरमा १३ जना घाइते भएका छन्। ​मंगलबार बिहान भएको दुर्घटनामा घाइते हुने १२ जना भारतीय नागरिक रहेका छन्। उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौं पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका– २१ का २५ वर्षीय अनिल कुमार शाह र १२ जना भारतीय रहेको जनाएको छ । इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा बिहान सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै वीरगंजबाट काठमाडौंतर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन्।

 


Thali Mobile Pvt.Ltd.