भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ : राष्ट्रपति

माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ : राष्ट्रपति

काठमाडौं । भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आग्रह गरेका छन्। आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँग कुरा गरेको बीबीसीसँगको अन्तरवार्तामा बताएछन्।

‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्। मुइज्जुलाई समर्थन गरेको गठबन्धनले सोलिहको भारत पहिले नीतिबाट बलियो बनेको माले र दिल्लीबीचको सम्बन्धलाई माल्दिभ्सको सार्वभौमिकता र सुरक्षामाथिको चुनौतीका रूपमा लिएको थियो।

बरु उनको गठबन्धनले चीनसँगको निकट सम्बन्धलाई प्राथमिकता दिएको छ। चीनले माल्दिभ्समा पूर्वाधार एवं विकास आयोजनामा ऋण तथा अनुदानका रूपमा करोडौँ डलर लगानी पनि गरेको छ। माल्दिभ्समा लामो समयदेखि भारतीय प्रभाव रहँदै आएको छ र मुइज्जुको अडानले दुई देशहरूबीच कूटनीतिक तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।

गत महिना मुइज्जु निर्वाचित हुँदा भारतलाई झड्का लागेको मानिएको थियो। उनका प्रतिद्वन्द्वी तथा सत्ताबाट हट्न लागेका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले सन् २०१८ मा सरकार सम्हालेदेखि नै आफ्नो देशलाई दिल्लीनिकट बनाएका थिए।​

 


Thali Mobile Pvt.Ltd.