भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं. ३ गट्ठाघरमा स्थित सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । राजमार्गसंगै आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो ।
मंगलवार एका कार्यक्रमकाबीच गुणस्तरीय सेवा दिनका लागि क्लिनिक संचालनमा ल्याएको क्लिनिकका अध्यक्ष प्रा.डा. सुरज बज्राचार्यले बताए । क्लिनिकबाट दिने सेवा सुविधाका बारेमा प्रकाश पार्दै उनले क्लिनिकमा गुणस्तरीय प्रयोगशाला र विशेषज्ञ चिकित्सक सहित २० वटा विभागमार्फत सेवा प्रदान गरिने जानकारी दिए ।
क्लिनिकको औपचारिक उद्घाटन माघ १२ गते बिहीबारका दिन अर्थात श्रीपञ्चमीको दिन गर्ने बताए । क्लिनिकमा विशेष सेवाहरू ग्यास्ट्रोन्टेरोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, बाथविज्ञान, न्यूरोलोजी र सामान्य शल्यक्रियाको सुविधासमेत हुने प्रा.डा. बज्राचार्यले बताए ।
ग्यास्ट्रो सर्जरी, ल्याप्रोस्कोपिक सर्जरी, अर्थोपेडिक शल्यक्रिया, स्पाइन सर्जरी, ट्रमा सर्जरी, बाल चिकित्सा ओर्थोपेडिक्स सर्जरी, आर्थोस्कोपिक शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग, इनभिट्रो फर्टिलाइजेशन
र बाल रोग सेवा उपलब्ध गराइने जानकारी दिदै फिजियोथेरापी, मनोचिकित्सा, डर्माटोलोजी, मेट्राे आई कियर सेन्टर(आँखा), समाज डेन्टल (दाँत) र
वात्सल्या IVF, नाक, कान घाटी रोगको विशेष उपचारको ब्यवस्था मिलाइएको बताए । जेष्ठ नागरिक, फरक क्षमताका व्यक्ति र आजिवन सदस्यता लिनेलाई सेवामा विशेष छुटको ब्यवस्था रहेको उनको भनाइ छ ।
भक्तपुरलाई स्वास्थ्यको हब बनाउने उदेश्यका साथ क्लिनिक संचालन गरिएको ब्यवस्थापक बिकास थापाले बताए । उपचारको लागि राजधानी धाउनु पर्ने बाध्यता हटाउन र बिरामीलाई क्लिनिकमा आउने वातावरण सहज बनाइने उनको भनाइ छ ।
नाफामुखी नभई सेवामुखि भएकाले स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याएका तथा स्वास्थ्य क्षेत्रमै ख्याती कमाएका चिकित्सकबाट सेवा दिने भएकाले यसको ब्यवस्थापन त्यही किसिमले गरिएको थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...