नगरकोट । गङ्गा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
कृषिवन अन्तर्गत डिभिजन बन कार्यलय भक्तपुर र चाँगुनारायन नगरपालिका वडा नं ६ को सहयोग वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यमा नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय, बुद्विजीवि, समाजसेवी तथा सरोकारवाला सवैको उल्लेख्य सहभागिता रहेको वडा नं ६ का वडाध्यक्ष धनबहादुर लामाले बताए ।
उनका अनुसार नेपाली सेना र नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।
