भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

गर्मी बढेसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो, सजग रहन डाक्टरको सुझाव

गर्मी बढेसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो, सजग रहन डाक्टरको सुझाव

काठमाण्डौ । गर्मी बढेसँगै औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । विभिन्न संक्रमणजन्य रोगको जोखिम गर्मीमा बढ्न थालेको डाक्टरले बताएका हुन ।

गर्मी बढेकाले प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र पानी पाइने फलफूल खानुपर्ने डाक्टरहरुले सुझाएका छन् । औलो, डेंगी, कालाजार जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्नु पर्ने, घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्न र सुत्ने बेलामा झुल टांग्न डाक्टरले सुझाएका छन् ।

प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै रहेको र सडक छेउछाउमा खुला रुपमा राखिएका खानेकुरा, बासी तथा सडेगलेका खाना नखाने र खाना खानु अघि सफासँग साबुनपानीले हात धुन जनस्वास्थ्य विज्ञले सुझाएका छन् ।

सामान्य कुरामा ध्यान दिन सके झाडापखाला, हैजा, जण्डिस जस्ता रोगबाट जोगिन सकिने डाक्टरहरुको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.