भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

गाजामा सबैभन्दा ठूलो आक्रमण, ५० लडाकू मारिएको दाबी

गाजामा सबैभन्दा ठूलो आक्रमण, ५० लडाकू मारिएको दाबी

काठमाडौं । हमासबीचको युद्धको आज २६औं दिन । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरमा आक्रमण गरेको छ ।

इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दर्जनौंको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ ।

इजरायली सेनाले यस अवधिमा आफ्ना ११ सैनिकले पनि ज्यान गुमाएको बताएको छ ।

गाजाको जबलिया क्षेत्रमा रहेको शरणार्थी शिविर करिब १.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । आक्रमण हुनुअघि यहाँ करिब १ लाख १६ हजार मानिसले शरण लिएका थिए ।

अर्कोतर्फ इजरायली आक्रमणका कारण गाजामा सञ्चार र इन्टरनेट सेवा फेरि ठप्प भएको छ ।

जसका कारण गाजाका २० लाखभन्दा बढी मानिस संसारबाट विच्छेद भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.