भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गायिका चन्द्रकला शाह मख्ख, हातमा पर्‍यो ५१ हजार राशीको पुरस्कार

गायिका चन्द्रकला शाह मख्ख, हातमा पर्‍यो ५१ हजार राशीको पुरस्कार

काठमाडौं । संगीत क्षेत्रमा साढे चार दशकदेखि सक्रिय लोकगायिका चन्द्रकला शाह सम्मानित भएकी छन् । ५१ हजार रुपैंयाँ राशीसहित ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट शाह पुरस्कृत भएकी हुन ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालगायतले पुरस्कृत गरे । अमेरिकामा बस्दै आएका संगीतकार तथा गायक कन्हैयासिंह परियारले आफ्नो ५० औं जन्मदिनको अवसर पारेर ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ स्थापना गरेका थिए ।

आफु काठमाडौं आएको बेला गायिका शाहलाई पुरस्कृत गरिएको हो । नेपाली लोकसंगीत सिर्जना र भाका संकलनमा चन्द्रकलाको महत्वपूर्ण योगदान रहेको संगीतकार बासकोटाले बताए ।

गायिका शाहले पुरस्कारको रकमबाट धेरै समयदेखि रोकिएको आफ्ना गीतहरुको पुस्तक प्रकाशन गर्ने बताइन् । गायक कन्हैया सिंहले चन्द्रकलाकै गीत सुनेर आफ्नो बाल्यकाल बितेको स्मरण गरे।

 


Thali Mobile Pvt.Ltd.