भर्खरै : Sorry, your browser does not support inline SVG.

गृहमन्त्री श्रेष्ठको चेतावनी,सुशासनको अभियानबाट विश्राम नलिने उद्घोष

गृहमन्त्री श्रेष्ठको चेतावनी,सुशासनको अभियानबाट विश्राम नलिने उद्घोष

काठमाडौं । सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको बताएका छन् ।नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन ।

मन्त्री श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्दै यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउँदै जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेको तर्फ संकेत गरे ।

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने समेत बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्नेमा जोड दिए ।

 


Thali Mobile Pvt.Ltd.