एजेन्सी । दक्षिण अफ्रिकामा ६४ जनाको मृत्यु भएको छ । जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको हो ।
भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए । न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
मर्ने मध्ये सात जना बालबालिका पनि रहेका छन् । आगलागीमा ४३ जना घाइते भएका छन् जसका कारण मृत्युको आँकडा थप बढ्ने अनुमान गरिएको छ ।
