काठमाडौं । गोंगबुको आकाशे पुल भत्काइएको छ । चक्रपथको कलंकी -महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ । साढे सात करोडमा निर्मित यो आकाशे पुल ८ वर्ष नवत्दिैमै भत्काइको हो ।
२७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ सडक चीनको सहयोगमा अब आठ लेनमा विस्तार हुँनेभएपछि यसको मुहार फेरिने बताईएको छ । चक्रपथ विस्तारका कलंकी(महाराजगञ्ज(धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप पुल भत्काउन लागिएको छ ।
