३१ साउन २०७७ काठमाडौँ । टोखा नगरपालिका–९ मा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु दीपज्योतिमा चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो ।
तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले बताए ।
गोर्खा खाजा घरमा विवाद भएपछि चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो । तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको र हत्याका बारेमा थपअनुसन्धान भइरहेको प्रउ राठौरले बताए ।
