यतिबेला मुलुकको राजनीति कठिन मोडमा उभिएको छ । कठिन यस अर्थमा मुलुक सङ्घीय ढाँचामा बदलिएपछि संविधान अनुसार तीन तहको निर्वाचन सम्पन भई झन्डै झन्डै दुई तिहाई बहुमत प्राप्त तत्कालिन (नेकपा एमाले र माओबादी) नेकपा सत्ता संघर्षमा छताछुल्ल भईसकेका छन् । आफूलाई लोकतान्त्रिक शैलीमा परिवर्तन तात्कालिन समयमा गरिएको दाबी गरिएता पनि, यतिबेला कम्युनिष्ट पार्टीले गरेका काम र कार्यशैली अधिनायकवादी मार्ग तर्फ उत्पे्ररित देखिन्छ । नेकपाका अधिनायकवादी शैलीका कारण नेकपा दुर्घटनामा पर्ने पक्का छ ।
आफूसँगै मुलुकलाईसमेत दुर्घटनामा पार्ने खतरा देखिन्छ । खैर, कयौं परिवर्तनका अनि लोकतान्त्रिक प्रणालीका एक उदाहरणिय भनेर आफूलाई दाबी गर्दै, प्रजातान्त्रिक प्रणाली आफ्नो सैद्धान्तिक धर्म मान्दै राजनीतिको प्रादुर्भाव शुरुगरेको कांग्रेस यो मानेमा चुप रहनु निकै दुखद पक्ष हो । सत्तासीन पार्टी दिनप्रति दिन संविधानले निर्दिष्ट गरेको सर्वस्वीकृत बाटो छाडेर अलोकतान्त्रिक र निरंकुश रबैया प्रदर्शन गर्दा सम्म मुलुकको प्रमुख प्रतिपक्ष दल मोैन बसेको छ । कारण कयौं हुनसक्लान, प्रमुख त कांग्रेसको पुजिवादी नीति, यथास्थितिवादी सोच, गुटगत परिपाटिमा नराम्ररी चुक्नु अनि सत्तास्वार्थका नाउँमा सिद्धान्त, एजेण्डा विहिनतामा संघर्षको फोहरी राजनीति गरिरहनु प्रमुख कारण हो ।
कांग्रेस एउटा पुरानो सशक्त र प्रजातन्त्रका लागि मुलुकमा विद्यमान सबै राजनीतिक पार्टीका अगाडि एक अभिभावक बनेको थियो । जब मुलुक निरंकुशताको दलदलमा फसी, मुलुकमा गैरप्रजातान्त्रिक, गैरलोकतान्त्रिक राजनीतिले प्र्रश्रय प्राप्त गर्न खोज्दा कार्यकर्ताले आफ्नो जिवनको आहुति नै दिएका कयौं उदाहरणहरु छन् । त्यो बलिदानका कारण गैरलोकतान्त्रिक राजनीतिकले मुलुकमा प्रश्रय पाउन कहिले सकेको थिएन । जुन तत्कालिन समयको कांग्रेसको जनताप्रतिको उत्तरदायित्व अनि धर्मलाई जनताले उचित मुल्याङकन गर्दै पटक पटक मुलुकको नेतृत्वको अभिभारा एक्लौटि प्रदान पनि गरेका थिए ।
२०१५, २०४८ र २०५६ सालमा बहुमत नेपाली जनताले आम चुनावमा दिलाउँदा पनि कांग्रेसबाट जनताले विकासको महसुस जुनरुपमा गरेका थिए, त्यो दिवा सपनामा नै सिमित हुन गयो । जनचाहना अनुरुप नेतृत्व नचल्दा कांग्रेस जनताको मनबाट ओरालो लाग्ने क्रम सुरुवात हुन थाल्योे । आम जनतामा कांग्रेसले मात्र झुठको प्रचार अनि चुनाव ताक्ने केन्द्रविन्दुको राजनीतीमा रमाउने पार्टी भन्ने छाप पर्नगयो । सिद्धान्त, ऐतिहासिक योगदान, आज पुजीवादको बलमा नेताहरुबाट मिल्काइँदै छ । दिनानुदिन नेताहरु आफ्ना अनि आफन्तका स्वार्थको केन्द्रविन्दुमा नराम्ररी फसिरहेका छन् ।
कांग्रेसको वास्तविकता यति सम्म रहेको छ, उ मात्र नातावाद अनि कृपावाद मात्र जान्दछ । पुजीवादले बलिया आफ्नै शत्रुलाई पनि उ मित्रताको व्यवहार गर्दछ भने गरीब, निम्नवर्ग कहिल्यै उसका लागि आफ्नो हुन सकेन । कारण उ रुचाउदैन थियो । इतिहास साक्षी छ, कांग्रेस एक ताका यस्तो पार्टी थियो, जो रैतीलाई मालिक बन्ने सपना दिलाउँद थियो । गरिब अनि श्रमजीवीवर्गका लागि आफू लड्थ्यो । तर आज वर्तमानमा कांग्रेससँग इतिहासलाई सम्झने अनि दुईचारजना बसेर थपडी बजाउने सिवाय अरु केही छैन ।
२००७ सालमा कांग्रेसले प्रजातन्त्र नल्याईदिएको भए, खोसिएको प्रजातन्त्रलाई २०४७ सालमा पुर्णस्थापना गर्न पहलदायी भूमिका नखेलिदिएको भए, माओवादीलाई शान्तिसम्झौतामा नल्याएको भए, अनि २०६२ को एतिहासिक आन्दोलनलाई सार्थकता प्रदान गर्न संविधानसभाबाट संविधान जारी नगरिदिएको भए आज जनताको अनि मुलुकको अगाडि एकोहोरो रुपमा कांग्रेसलाई भजाई खाने भाँडोका रुपमा प्रयोग गरिरहन सकिने थिएन । परिवर्तनशील अनि समयानुकुल अघि बढनुनै दलको मुलभूत उद्देश्य हुनुपर्दछ ।
परिवर्तित व्यवस्थाले राजनीतिक स्थायीत्वलाई दिगो रुपमा प्रस्तुत गर्न नसक्दा आज इतिहासका कयौं परिवर्तन मित्थ्या साबित भइरहेका छन् । पार्टीका ऐजण्डा लथालिङ्गि अवस्थामा पार्नु दोष कस्को ? अहङ्कार अनि आपसी गुटगत राजनीतिका कारण कांग्रेसभित्र भातृ र शुभेच्छुक संगठनहरु सुदुढीकरण सहित समसामयिक राजनीतिक परिवेशमा आफूलाई डाेर्याउन सकिरहेको छैन । प्रजातान्त्रिक संस्कारको आफुलाई उदाहरण सम्झने कांग्रेस भित्रका कयौं संगठनहरु सबै इलेक्सन बेसमा भन्दा सेलेक्सन बेसमा परिपुर्ति गर्ने परिपाटीले लोकतान्त्रिक पार्टी गर्वका साथ भन्ने अनि लोकतान्त्रिक मान र मर्यादालाई लात हान्न माहिर देखिन्छ ।
नेपाली कांग्रेस भित्रको ढुकढुकीका रुपमा देखिने ने.वि.संघ अनि तरुण दलको दयनीय अवस्थाका कारण राजनीतिमा आफ्नो भविष्य खोज्ने कयौं तरुण युवा साथीहरु र विद्यार्थीहरु अधिकांश राजनीतिक वहिर्गमनको सिकार भएका छन् । पैसाको बलमा या त भौतिकवादी दुष्टिकोणमा बलवान, या त पाखुरामा बलशालीहरुलाई कांग्रेसले पटक पटक आफ्नो हितैषी ठान्नाले आज कांग्रेस ब्रेक फेल भएको गाडीको शैलीमा रुमलिरहेको छ । विकृति र विसंगतिको पनि ताण्डब कांग्रेसले वर्तमानमा पार गरिरहेको छ । पार्टी प्रवेशका नाउँमा कयांै अरुपार्टीबाट निष्कासनका सिकार भएकालाई जिम्मेवारी दिदै ठाँउ ठाउँको नेतृत्व सुम्पिदैछ ।
यो कस्तो संस्कार ? यो कस्तो राजनैतिक शैली ? पार्टीका सानो देखि ठूलो पंक्तिबाट यस्तो रबैयालाई प्रश्रय गरेको देख्दा कयौं असन्तुष्टिका आवाज उठिरहे । पार्टी भित्रका शुभचिन्तकबाट ध्यानाकर्षण गराउने कार्य पटक पटक गरियो तर तिनका प्रयास सबै खेर गइनैरहे । गुटगत स्वार्थ, व्यक्तिवादी सोच अनि परिवारको फरियावादको लिप्ततामा बरु कांग्रेस नेतुत्व दुर्गन्धित भएर बस्न तयार भयो तर पार्टी, नेता कर्याकर्ता, देश र जनताप्रति अलिकति पनि जवाफदेही बन्न तयार भएन, त्यहि कारण परिणामत आफूसंगै पार्टी नै सती लाने अवस्थामा पुग्यो ।
इतिहासमा नै नभएको कमजोर अवस्थामा कांग्रेस पुगीरहेको छ । काङ्ग्रेसमा आज जनमत छैन, विश्वास छैन जति छन, यिनका संस्थापक नेताका विश्वासका केही प्रतिशत जिवित रहेको पाउँछौ । यही जिवित विश्वासका केही प्रतिशतका व्याजमा रमाएका छन् वर्तमान कांग्रेसीहरु । तत्कालिन समयमा जतिबेला नेपाली कांग्रेस स्थापना गरियो, तत्कालिन यसका संस्थापक नेताहरुमा एउटा भिजन सहितको मिसन थियो । जसले गर्दा संस्थापक नेताहरु सफल भए अनि मुलुक र जनतालाई निकास दिलाउन सफल भए । तर वर्तमान कांग्रेसको अवस्था तत्कालिन समयको जस्तो पटकै छैन ।
कांग्रेसमा वास्तवमा भन्नुपर्दा “न त ठोस विचार नै देखिन्छ, न त दर्शन नै ।” विचार र दर्शन नहँुदा वर्तमान कांग्रेसमा स्वार्थवाद मलजल हुन पाएको हो । नेता हुन या कार्यकर्ता पार्टीलाई मागी खाने भाँडोका रुपमा प्रयोग गरिरहेको देखिन्छन् । स्वार्थको दलदलमा नराम्ररी फसेको कांग्रेसले पटक पटक महाधिवेशनबाट पनि आफ्नो जनताबाट गुमाएको विश्वास अनि जनमत फर्काउन सकेको छैन । पार्टीमा नयाँ सोच अनि नविन नेतृत्वका लागि कुम्भ मेला भन्दै आएको महाधिवेशनबाट पनि कांग्रेसले आफ्नो राजनीतिक रोडम्यापलाई सबल दिशा केन्द्रित गराउन सकिरहेको छैन ।
कारण महाधिवेशनमा कयौं प्रकारका सवल चिन्तनहरु जस्तै आर्थिक, समाजिक, राजनीतिक हुदै समाजवादी चिन्तनका विषयमा काङ्ग्रेसले आफ्नो महाअधिवेशनमा अघिसार्न सकेन । आफूले पटक पटक आफ्नो चिन्तन अनि सिद्धान्तमा कम्युनिष्टलाई ल्याउन सफल भएको भन्दै हिड्ने कांग्रेस आफै आफ्नो चिन्तन अनि सिद्धान्तबाट विमुख हँुदै गएको छ । काङ्ग्रेसमा अहिले नँया भन्ने केही पनि छैन । सस्था कहिले पनि व्यक्ति भन्दा तल हुदैन तर आज कांग्रेसको परिचय कांग्रेसले भन्दा पनि ती एकदुई जना सेलिव्रेटी नेतामा खोज्नु पर्छ जुन आफैमा एक दुर्भाग्यको कुरा हो ।
व्यक्तिलाई चिनाउनु पर्ने ठाउँमा लाखौं लाख क्रियाशिल सदस्य भएको कांग्रेस आज एक वा दुई नेता मार्फत आफ्नो परिचय खोजिरहेको छ र आफ्नो परिचयलाई जिवन्त राख्न साहस गरिरहेको छ । तीनचार दशकको राजनीति अनि क्रियाकलापलाई हेर्दा, कांग्रेसको भविष्य कम्युनिस्टहरुका जुटफुटमा निर्भर भएको देखिन्छ । आफ्नो भिजन, सिद्धान्त जनतामा केन्द्रित गराउनु भन्दा कांग्रेस बिरालोको चुलोमा आगो ताप्ने शैलीमा आफूलाई केन्द्रित गराइरहेको छ । महाधिवेशन सुरुवातिमा आफ्नो मिसन, भिजन लिएर नयाँ सोच अनि नयाँ खाका बोकी जनतासामु जानु पर्ने हुन्छ ।
जनतालाई आफ्नो सैद्धान्तिक निति मार्फत आफ्नो विचारका अनुसरन गर्न प्रेरित गर्दै गाउँ गाउँ, टोल टोल, बस्ती बस्तीमा आफ्नो क्रियाशिल सदस्य प्रदान गर्दै आफ्नो सैदान्तिक धरातललाई मजवुत बनाइदै लगिनुपर्दछ । तर विडम्बना कांग्रेसमा यस्तो देखिदैन । महाधिवेशनका नाउँमा आफ्नो गुटलाई शक्तिशाली बनाउनका लागि सम्पुर्ण विधि अनि विधानलाई लत्याएर खल्तीबाट क्रियाशिल सदस्य दिनलाई नेताद्धयहरु अहोरात खटिनु आफैमा ओेरालो लाग्दो भविष्यसँग जोडिएको छ ।
पुराना क्रियाशिल सदस्यता आफ्नो गुट बाहिर रहेमा कयौं लांल्छना, पार्टीबाट नै वहिर्गमन गर्न बाध्य पार्ने, सबैभन्दा दु ःख लाग्दो कुरा यहीनिर छ । खैर जे जस्तो भएता पनि तमाम नेतृत्व देखि गुटमा रमाउनेहरुले यो बुभ्mनु जरुरी छ, कि कांग्रेसको साख जिवन्त रहे, म पनि जिवित हुने हो भनेर । लोकतन्त्र प्रेमी जनताको बाहुल्यता भएको मुलुकमा आगामी महाधिवेशन जनता केन्द्रित हुनुपर्दछ । ३१ साउन २०७७
