भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानकाे  देउवाले गरे उद्घाटन, तीन दिन जजिराले नियमित उडान भर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडानकाे  देउवाले गरे उद्घाटन, तीन दिन जजिराले नियमित उडान भर्ने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान भएको छ । कुवेती जजिरा जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका हुन् । दिल्लीबाट अन्तर्राष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाकर्मी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो ।

अब साताको ३ दिन जजिरा एयरलाईन्सले नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका रहेको छ ।

अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.