ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

ग्याल्पो ल्होसारका अवसरमा  राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै बृहत राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्दै भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित रहेको उल्लेख गरिन् ।

पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै भण्डारीले शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको बताइन् ।

 


Thali Mobile Pvt.Ltd.