भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिन्दै

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिन्दै

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात लाभांश वितरण गर्ने जनाएको हो ।

बैंकले आर्थिक वर्ष २०७८ र ७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) वितरण गर्ने जनाएको हो ।

चुक्ता पूँजी कूल २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण बैंकले जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.