भर्खरै : Sorry, your browser does not support inline SVG.

चक्कु प्रहारबाट क्यानाडामा १० जनाको मृत्यु, अपराधीको खोजी कार्य तीब्र पारिएको प्रहरीले

चक्कु प्रहारबाट क्यानाडामा १० जनाको मृत्यु, अपराधीको खोजी कार्य तीब्र पारिएको प्रहरीले

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएको चक्कु प्रहारबाट क्यानाडमा १० जनाको मृत्यु भएको छ । क्यानाडाको जेम्स स्मिथ क्री नेशन र वेल्डन गाउँमा भएको उक्त घटनामा परि १० जनाको मृत्यु भएको हो । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।

उक्त घटनामा ३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइल्स स्यान्डरसन रहेको जनाइएको छ । घटना लगत्तै कालो कार चढेर भागेका उनीहरूप्रति सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपील समेत गरेको छ । उनीहरू फरार रहेकाले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.